• Sign in
banner-img

News & Media

कृषि विश्वविद्यालयले उत्पादन गरेको उन्नत धान बीउ बजारीकरण गर्दै मुक्तिनाथ कृषि कम्पनी

कृषि विश्वविद्यालयले उत्पादन गरेको उन्नत धान बीउ बजारीकरण गर्दै मुक्तिनाथ कृषि कम्पनी

16 May 2021

काठमाडौँ, २९ बैशाख । नजिकिदै गरेको धान बाली यामको लागि मुक्तिनाथ कृषि कम्पनीले उन्नत धान बीउ बजारीकरण गर्ने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले उत्पादन तथा प्रशोधन गरेको उच्च गुणस्तरको राम धान तथा सावित्री धानलाई मुक्तिनाथ कृषि कम्पनीले बजारीकरण गर्ने भएको छ ।  कम्पनीले ८५ मेट्रिन टन राम धान र ३० मेट्रिक टन सावित्री धान बजारमा ल्याउने जानकारी कम्पनीका व्यवसाय विकास अधिकृत भुमि राज भण्डारीले दिएका छन् ।

धान नेपालको प्रमुख बाली अन्तर्गत पर्छ । नेपालभर करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइ हुने गरेको छ । धानको उत्पादकत्व वृद्धिमा कस्तो र कुन प्रकारको धान बाली बीउको प्रयोग निकै महत्वपुर्ण रहन्छ । जसमा उन्नत धानका बीउ उत्पादनमुखी रहेको छ । 

उक्त उन्नत धानका बीउ मुक्तिनाथ कृषि कम्पनीको  कृषि स्रोत केन्द्रबाट प्राप्त गर्न सकिने दाबी कम्पनीका व्यवसाय विकास अधिकृत भुमि राज भण्डारी गर्छन् । राम तथा सावित्री धान मुक्तिनाथ कृषि कम्पनीको नेपालभर छरिएका कृषि स्रोत केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।

आुधनिक कृषि सहकारी संस्था - चितवन, प्रदिप एन्ड जे.पी ट्रेडर - नवलपरासी, जय किसान एग्रो मार्ट एन्ड मेसिनरी - कपिलवस्तु, भण्डारी एग्रोभेट - पाल्पा, तमोर कृषि भण्डार- झापा, कृषक बीज भण्डार- पर्सा आदि केन्द्रबाट राम तथा सावित्री धानका बीउ किसानले सजिल्यै प्राप्त गर्न सक्नेछन् ।

उक्त उन्नत धानका बीउ तराई तथा  भित्री मधेसका लागि अझ उचित हुने उनी बताउँछन् । मुक्तिनाथ कृषि कम्पनी र विश्वविद्यालयको यस अघि सम्झौता भएको थियो । जस अनुसार,  कृषि क्षेत्रका विभिन्न पक्षको अध्ययन, अनुसन्धान तथा प्रसारमा दुई पक्षको समन्वय रहँदै आएको छ ।