Toll Free: 18105000033 info@muktinathkrishi.com

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान

मुक्तिनाथ विकास बैंकले सुरु गर्‍यो कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियान
मुक्तिनाथ विकास बैंकले कृषी पेशालाई सम्मानित पेशा बनाउने अभियान सुरु गरेको छ । बहुउद्देश्यीय कृषि सहकारी मार्फत किसानलाई सहभागी गराई उद्यमशीलता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको बैंकले जनाएको छ । 

अभियान अन्तर्गत पहिलो चरणमा स्याङ्जा, कास्की, तनहुँलाई केन्द्रबिन्दु बनाएर कार्य थालनी गरेको बैंकले जनाएको छ ।

बैंककाअनुसार स्याङ्जाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्थामार्फत भेलाको आयोजना गरी तदर्थ समिति गठन गरी स्थानीय स्तरमा सहकारी दर्ता प्रकृया अघि बढाइएको छ ।