Toll Free: 18105000033 info@muktinathkrishi.com

राष्ट्रिय आविष्कार केन्द्र र मुक्तिनाथ कृषि कम्पनीबीच नवप्रवर्द्धन र बजारीकरणको लागि साझेदारी

राष्ट्रिय आविष्कार केन्द्र र मुक्तिनाथ कृषि कम्पनीबीच नवप्रवर्द्धन र बजारीकरणको लागि साझेदारी

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र राष्ट्रिय आविष्कार केन्द्रबीच कृषि क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र व्यवसायिकरण गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको किर्तिपुरमा अवस्थित नवप्रवर्तन केन्द्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यको मुख्य उद्देश्य, राष्ट्रिय आविष्कार केन्द्र अन्तर्गत बीरगञ्ज कृषि औजार कारखानामा विकास र उत्पादन हुने कृषि उपकरण तथा प्रविधिहरूको व्यावसायीकरणका लागि मुक्तिनाथ कृषि कम्पनी र यसका सहायक कम्पनीहरु मार्फत बजार सुनिश्चिता गर्नु हो । कृषि कम्पनीले देशैभरी कृषि वस्तु तथा सेवाहरुको पहुँच स्थापित गरिरहेको सन्दर्भमा बजार माग अनुसार नवप्रवर्तन र उत्पादनको लागि आविष्कार केन्द्रलाई उत्पादन योजना दिई सोहि अनुसार उत्पादन हुनेछ । More......