Toll Free: 18105000033 info@muktinathkrishi.com

मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिक साधारण सभा पुस २६ गते

मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिक साधारण सभा पुस २६ गते

मुक्तिनाथ कृषि कम्पनी लि.को छैठौं वार्षिक साधारण सभा पुस २६ गते शुक्रबार हुने भएको छ । यती इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टर, बसुन्धरा काठमाडौंमा दिउसो एक बजे साधारणसभा आह्वान गरिएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जानकारी दिए ।

पुस एक गते बसेको संचालक समितिको ८८ औं बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सम्पूर्ण संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई उपस्थितिका लागि कम्पनीले आग्रह गरेको छ । संचालक समितिको तर्फबाट अध्यक्षको आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, आ.व.२०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव माथि छलफल हुनेछ । Read More