Toll Free: 18105000033 info@muktinathkrishi.com

‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी

‘स्टार्टअपसँग अन्नपूर्ण ’अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी

युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।  

सोमबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बसुन्धारास्थित केन्द्रीय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका डिजिएम रामशरण तिमल्सिनाले हस्ताक्षर गरेका हुन् । 

मुक्तिनाथ मुलुककै पहिलो कृषि कम्पनी हो । ‘समृदिको आधार कृषि,कृषिको आधार प्रविधि’भन्ने नारासहित स्थापित यस कम्पनीले कृषि मूल्य श्रृखंला व्यवस्थापनसँग सम्बन्धित सबै क्षेत्रमा आपसी हितका लागि सहजीकरण गर्दै आइरहेको छ । Read more..