Toll Free: 18105000033 info@muktinathkrishi.com

कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी

कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । मन्त्री अधिकारीले शनिबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको छैटौँ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए । 

उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने, चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताए । सो कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, राष्ट्रिय सहकारी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाहरूको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुत गरिएको थियो । Read more ...