Toll Free: 18105000033 info@muktinathkrishi.com

बीउ सुधारले मात्रै पनि ३० प्रतिशतले उत्पादन बढ्न सक्छ : रामशरण तिमल्सिना, उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी थप सामग्री

बीउ सुधारले मात्रै पनि ३० प्रतिशतले उत्पादन बढ्न सक्छ : रामशरण तिमल्सिना, उपमहाप्रबन्धक, मुक्तिनाथ कृषि कम्पनी थप सामग्री

कृषि मात्रै होइन, नेपालमै युवा आकर्षण छैन । अधिकांश युवाको एउटै मिसन हुन्छ, विदेश । सके युरोप, अमेरिका, नसके खाडी मलुक । खाडीसम्म पनि पहुँच नहुनेका लागि छिमेकी गन्तव्य भारत छँदै छ । बढ्दो युवा पलायनसँगै नेपालमा कृषि मात्रै होइन, औद्योगिक जनशक्ति पनि अभाव हुन थालेको छ । जनशक्ति अभावमा निजी क्षेत्रले विदेशबाट महँगा कामदार ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । निजी क्षेत्र मात्र होइन, कतिपय सरकारी निकायमा समेत दक्ष जनशक्तिको खडेरी छ । उदाहरणका रूपमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि रिक्त कृषि वैज्ञानिक पदपूर्ति गर्न सकेको छैन । सरकार तथा राजनीतिक दलहरू आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छन्, खाद्य सुरक्षा र खाद्य सम्प्रभूताको नारा दिइरहेका छन् । तर, देशमा खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढ्दोे छ, अर्बौंको खाद्यन्नलगायत कृषिजन्य वस्तु आयात भइरहेको अवस्था छ ।
थप सामग्री