Toll Free: 18105000033 info@muktinathkrishi.com

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, १ लाख १४ हजार ८ सयले पाए सेयर

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, १ लाख १४ हजार ८ सयले पाए सेयर

मुक्तिनाथ कृषि कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक कार्यक्रमका बीच कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।  बाँडफाँटमा कुल १ लाख १४ हजार ८ सय जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् ।

प्रक्रिया पूरा गरेर कुल १२ लाख ७४ हजार ५६७ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका थिए । भेरिफाइड भएकामध्ये ११ लाख ५९ हजार ७६७ जनाको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा मागभन्दा ११.८ गुणा धेरै आवेदन परेको थियो । कम्पनीले ८ मंसिरमा सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो ।  More details