२०औँ वर्षमा मुक्तिनाथ विकास बैंक : ‘मुक्तिनाथ एग्री–फाइनान्स ३६०’ एक महत्वपूर्ण कोशेढुंगा
नेपाल सरकारको तर्फबाट कृषि क्षेत्रको समग्र विस्तार गर्न सबै सरोकारवालाहरूमा उत्प्रेरणात्मक वातावरण निर्माण हुनुपर्नेमा जोड दिए ।
यसै सन्दर्भमा कृषि लगानी विस्तार तथा कर्जा गुणस्तर सुदृढ बनाउन क्रेडिट ग्यारेन्टी, वित्तीय साक्षरता, कृषि बीमा, मूल्य शृङ्खलामा समन्वय, सहकारी तथा निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने नीति र योजना बनाउन सकेमा मात्र कृषि क्षेत्रको ठोस विकास हुन सक्ने बारेमा प्रकाश पारे।
उनले महिला मैत्री कृषिको विकास गरिनुपर्ने, कृषिलाई प्रविधिसँग जोडेर युवा लक्षित स्वरोजगारीको व्यवस्था गर्नु पर्ने, साना किसानहरूलाई वित्तीय पहुँच अझै विस्तार गर्नु पर्ने र साना किसानहरूलाई स्तरोन्नति गर्ने कार्यमा हामी सबैले कदम चाल्नु पर्नेमा जोड दिए । More...