मुक्तिनाथ कृषि कम्पनी लि.को छैठौं वार्षिक साधारण सभा पुस २६ गते शुक्रबार हुने भएको छ । यती इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टर, बसुन्धरा काठमाडौंमा दिउसो एक बजे साधारणसभा आह्वान गरिएको कम्पनी सचिव रामशरण तिमल्सिनाले जानकारी दिए ।
युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको एग्रिकल्चर साझेदारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रहने भएको छ ।