Toll Free: 18105000033 info@muktinathkrishi.com

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि आइपीओ निष्काशन गर्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि आइपीओ निष्काशन गर्ने

Download Pdf Here
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।